५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यव्यवस्था समितिको बैठकमा आजपनि पत्रकारहरुलाई प्रवेश निषेध



अ+ अ-

काठमाडौं । राज्यव्यवस्था समितिको बैठकमा आजपनि पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । केही सयमदेखि थाती राखिँदै आएको संघीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल गर्न बसेको बैठकमा प्रवेश निषेध गरिएको हो ।

यअघि विधेयकमा समेटिएका केही विषय विवादित भएपछि त्यस सम्बन्धमा टुंगो लगाउन बिहिबार प्रतिनिधिसभाको हलमा बिहान ११ बजेदेखि बसेको हो । यसअधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा १० सदस्यीय समिति बनाएर विवादित विषयको अध्ययन गरेको थियो ।

सचिव सम्मिलित समितिले संघीय निजामती सेवा ऐनमा समेट्नुपर्ने थप विषय र विवादित भएका विषयमा छलफल गरे पनि खासै निष्कर्ष भने निकाल्न सकेका थिएनन् ।

सरकारले विधेयकलाई संसद्मा पेस गर्ने गृहकार्य अघि बढाए पनि सो विधेयकमा समेटिएका कतिपय प्रावधान विभेदकारी र संविधानविपरीत रहेको भन्दै अधिकृतस्तरका कर्मचारीहरू असन्तुष्ट रहँदै आएका छन् ।