५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बाईमा दाइलाई भेट्न गएकी एक नेपाली युवतीमाथि सामूहिक बलात्कार



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । मुम्बाईमा बस्ने दाइलाई भेट्न गएकी एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियाहरूले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार काठमाडौंकी ती पीडित युवती शनिबार रेलको प्लेटफर्ममा बसिरहेका बेला दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको जनाएको छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ ।

समाचारको अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।