५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएस लडाकूको आक्रमणमा छ प्रहरी मारिए



अ+ अ-

बग्दाद । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रान्तीय शहर किर्कुकको पश्चिम भागमा अवस्थित हवीजाह शहरनजिकै आइएस लडाकू समूहले एक सवारी साधनलाई लक्ष्य गरी गरेको बन्दुक आक्रमणमा परी चार सङ्घीय प्रहरी अधिकृतको मृत्यु भएको हो ।

आक्रमण भएको सो इलाका अफगानिस्तानको राजधानी बाग्दादबाट २५० मिटर उत्तरमा अवस्थित रहेको बताइएको छ ।

किर्कुक शहरबाट ३० किलोमिटर दक्षिणमा पर्ने रसहाद शहरनजिकै रहेको प्रहरी चौकीमा भएको आक्रमणमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका छन् ।

सन् २०१७ को अन्त्यबाट इराकी सुरक्षा बलले गरेको कारबाहीमा परी अतिवादी आतङ्ककारी समूह आइएस देश भरी नै पराजित भएपछि यहाँको सुरक्षा अवस्थामा नाटकीय रुपबाट सुधार भएको थियो ।