२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी तेल पाइपलाइनमाथि ड्रोन आक्रमण, उसका गठबन्धन सदस्य तर्सिए



अ+ अ-

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भएको छ ।

मंगलबार गरिएको उक्त आक्रमण यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले साउदीका अधिकारीले जनाएका छन् । आक्रमणबाट पाइपलाइनको दुई स्थानमा क्षति पुगेको छ ।

आक्रमणले तेलको पाइपमा सामान्य क्षति पारेको भए पनि हुथीले प्रयोग गरेको उच्च प्रविधियुक्त ड्रोनबाट भने साउदी अरब र उसका गठबन्धन सदस्य तर्सिएका छन् ।

सन् २०१५ मार्च २१ मा हुथी विद्रोहीले यमनको राजधानी कब्जा गरेर यता यहनमा गृहयुद्ध जारी छ । त्यसमा साउदी–युएईको नेतृत्वमा रहेका गठबन्धनले हुथीविरुद्ध भिषण बमबारी गरिरहेको छ ।

हुथीले प्रयोग गर्ने ड्रोन जीपिएसबाट निर्देशित रहने गरेको र निशानामाथि पुगेपछि लक्षमा झर्ने गरेको छ ।

विज्ञले हुथीको ड्रोन प्रविधिमा इरानको सहयोग हुने गरेको बताउने गरेका छन् । तर पछिल्लो समय हुथीका ड्रोनमा अन्तरराष्ट्रिय पार्टपुर्जा प्रयोग हुन थालेका छन् । द्वन्द्व लम्बिदैं गर्दा विद्रोही माझमा पनि नवीनताको विकास भएको हुन सक्छ ।