२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि कला, साहित्य बलशाली : उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गरे ।

प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गर्दै मन्त्री पोखरेलले भने, ‘समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।’

उहाँले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।