२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : दुई अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो ।

यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अङ्कले घटेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को शेयर प्रतिकित्ता रु ५७२ मा रु १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो ।

यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१९ मा रु छ करोड ८१ लाख २१ हजार ३००, एनसिसी बैंकको प्रतिकित्ता रु २६० मा रु पाँच करोड २१ हजार ३९९ मा कारोवार भयो । कृषि विकास बैंकको रु चार करोड ८१ लाख २० हजार ९३३, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६८ लाख ८९ हजार ६००, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार शिवम् सिमेन्टका शेयरधनीले आज पनि दश प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आइएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका शेयरधनीले ५.२१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन् ।