१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधार गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको दावी गरे ।

संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो ।

नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको पनि उनले बताए ।