५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द, आवतजावतमा रोक लगाइयो



अ+ अ-

परासी । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागि पश्चिम नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द गरिएका छन्।

जिल्ला सुरक्षा समितिले शुक्रबारदेखि आइतबारसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए।

करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।

लोकसभा निर्वाचन जेठ ५ गते हुँदै छ। त्यसका लागि जेठ ३ गते बिहानदेखि ३ बजेदेखि जेठ ५ गते साँझ ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो। सीमा नाका बन्द भएपछि एक देशबाट अर्को देशमा आवतजावतमा रोक लगाइएको छ।

नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।