२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द, आवतजावतमा रोक लगाइयो



अ+ अ-

परासी । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागि पश्चिम नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द गरिएका छन्।

जिल्ला सुरक्षा समितिले शुक्रबारदेखि आइतबारसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए।

करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो ।

लोकसभा निर्वाचन जेठ ५ गते हुँदै छ। त्यसका लागि जेठ ३ गते बिहानदेखि ३ बजेदेखि जेठ ५ गते साँझ ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो। सीमा नाका बन्द भएपछि एक देशबाट अर्को देशमा आवतजावतमा रोक लगाइएको छ।

नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।