६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महँगियो नेपालीको भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च



अ+ अ-

काठमाडौं । दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौँ । जुनसुकै बेला छापा मारेर कारबाही हुन्छ ।’

विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याकंले पनि एक महिनाकै अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको कान्तीपुर दैनिकमा खबर छ ।