५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगना रनौतलाई आईलाग्यो यस्तो आरोप, भारत फर्किने बित्तिकै प्रहरीले सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् ।

मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स फिल्म फेस्टिबलमा सरिक हुनका लागि फ्रान्समा छिन् । यस्तै, पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ ।

आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि यसको भिडियो पनि दिएका छन् ।