५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीपीडितलाई प्रदेशसभा सदस्यको सहयोग



अ+ अ-

बेझाड । आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गर्नुभएको छ ।

रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गर्नुभएको हो । सो सामग्री लिएर पीडितको घर पुग्नुभएका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइपर्‍यो भनेर नआत्तिन आग्रह गर्नुभयो । “एक परिवारमा पुगेको क्षतिले गाउँ, समाज र सबैमा पीडा दिएको छ, पीडित परिवारका लागि सदैव सहयोगमा तत्पर रहनेछु”, उहाँले भन्नुभयो ।

गत वैशाख १८ गते साँझ करीब ७ बजे पीडित विष्णुबहादुर दिशाको घरमा आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियो । घरमा कोही पनि नभएको समयमा एक्कासि आगलागी भएको पीडित परिवारले जनाएको छ । तीनतले जस्ताको छानो भएको घरमा रहेका अनाज, लत्ताकपडालगायत करीब रु छ लाख बराबरको क्षति भएको छ । घरमा राखिएको रु दुई लाख ३५ हजार रकम पनि जलेर नष्ट भएको थियो ।

सांसद रानासहित नेपाल राष्ट्रिय मगर सङ्घ जिल्ला सभापति झमनराज मगर, नेपाल तरुण दल पाल्पाका सभापति मेजरसिं केसी, नेपाल महिला सङ्घ प्रदेश सदस्य मीना पन्थी, वडा नं १ का सभापति शेरबहादुर चिदीसहितको टोली पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो ।