२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्गौलापीडित बालिकालाई सहयोग



अ+ अ-

कास्की । मिर्गौला रोगबाट पीडित भई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ मा अस्थायी बसोबास गर्दै आउनुभएका वीरबहादुर पुनकी छोरी दुई वर्षअघिदेखि दुवै मिर्गौलामा खराबी आएपछि रोगबाट पीडित बनेकी छन् । उनी स्थानीय सरस्वती टीका माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।

गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी बालिकाका परिवारलाई निष्कोटकै सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको सक्रियतामा अष्ट्रेलियामा सङ्कलन गरिएको रु चार लाख सात हजार ९१५ एलिसाका बुबा भवहादुर पुन र नरबहादुरकी श्रीमती पानकुमारी पुनले बिहीबार प्रदान गर्नुभएको हो ।

त्यस्तै लेकसाइडका सन्ध्या गुरुङबाट पनि रु एक लाख ३५ हजार पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको थियो । बालिकाको बाबुआमाको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरु छोरी बिरामी भएपछि उपचारमा लाग्नुपर्दा हालसम्म रु १३ लाख जति खर्च भइसकेको र अवस्था झन् दयनीय भएको बुबा वीरबहादुरले बताउनुभयो ।

चिकित्सकको निगरानीमा रहनुपर्ने भएकाले उनीहरु लामो समयदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उनको उपचारमा रु २३ लाख जति खर्च लाग्ने चिकित्सकले बताएको जनाउँदै फरिवारले सहयोगको याचना गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्तिले मुत्तिनाथ विकास बैंकमा खोलिएको खाता नं ००५२१६००३६५१९००००००१ जम्मा गर्न सकिने बताइन्छ ।