काठमाडौं । राजधानीको सुन्धारामा ट्यांकरको ठक्करबाट एक युवतीको मृत्यु भएको हो ।
शुक्रबार बिहान सवा १० बजेतिर नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्राफिक प्रहरी कार्यालय जनसेवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार मोटरसाइकलको पछाडि बसेकी काभ्रे, पनौती–१० की २३ वर्षीया सुनिता खत्रीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक रामशरण केसीको अहिले उपचार भइरहेको छ। प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।