१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति पत्रकारलाई एक करोड जरिवाना लगाउने निर्णय, बिहान अध्ययन नै नगरी हस्ताक्षर गरेको जिकिर



अ+ अ-

धनुषा । पत्रकारलाई पचास लाखदेखि एक करोडसम्मको जरिवाना लगाउने व्यवस्था राखिएको प्रदेश संचार सम्बन्धी विधयेकबाट प्रदेश २ सरकार पछि हटेको छ।

पछिल्लो समय मुख्यमन्त्रीदेखि मन्त्रीहरुको गलत गतिविधिको पत्रकारले सञ्चार माध्यममार्फत भण्डाफोर गर्न थालेपछि प्रदेश सरकार प्रेसमाथि कडा रुपमा लाग्ने भन्दै हिजो उक्त निर्णय गरेको थियो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ ले प्रस्तावित विधेयकका केहि प्रावधानहरूमा संचारकर्मीहरू असहमति र अस्विकारोक्ती रहेकामा आफ्नो सरकारको ध्यानाकर्षण भएको जनाउँदै उक्त व्यवस्थाबाट पछि हटेको जनाएको छ।

कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवबाट हस्ताक्षरित उक्त विज्ञप्तिमा सम्प्रभूता विरूद्ध समाचार लेखेमा ५० लाख देखि १ करोड रूपैयाँसम्म जरिवाना गरिने भन्ने वाक्याशं र अन्य पदावली भूलवशः परेको उल्लेख छ।

बिहीबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेस गरेका थिए । त्यस विधेयकमा पत्रकारले गल्ती गरेमा १ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने सजाय तोकिएको थियो ।

तर,कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले शुक्रवार विज्ञप्ति जारी गर्दै आफुले विधेयक अध्ययन नै नगरी हस्ताक्षर गरी दिएकाले सो गल्ती भएको बताएका छन् ।