काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले काठमाडौंको गौशाला प्रहरी बृतमा छड्के निरीक्षण गरेका छन्।
शुक्रबार मध्यान्ह पुगेरका खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।निरीक्षण पुगेका उनले ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तलाई फोन गरेर नम्बर प्लेट नदेखिने र छोपेर सवारी चलाउने चालकहरुलाई कारबाही गर्न निर्देशन दिए ।
कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए ।