५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनका शत्रुहरुले मदन–आश्रितको सफलता रोक्न षड्यन्त्र गरे: गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना दिवस तथा मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौँको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले आन्दोलनका शत्रुहरुले उनीहरुको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र उनीहरुको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताए ।

मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उनले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गरे ।