६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते



अ+ अ-

बझाङ– बझाङमा जयपृथ्वी नगरपालिका–११ मा स्काभेटर दुर्घट्ना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार बिहान बा. २ क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरीक्षक मिन बहादुर सिंहले बताए । स्काभेटर सडकभन्दा २५ मिटर तल खसेको छ ।