१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस गोलरक्षक क्यासिलासले खेलाडी जीवनबाट सन्यास लिने



अ+ अ-

काठमाडौँ । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलकिपर इकर क्यासिलासले खेलाडी जीवनबाट सन्यास लिने भएका छन् ।

२०१५ मा रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका क्यासिलास गत महिना हृदयघातका कारण अस्पतालमा भर्ना भएका थिए । त्यही घटनाका कारण उनले औपचारिक रुपमा सन्यास लिने योजना बनाएको पोर्चुगलका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले आफ्नो जीवन खतरामा पार्न नचाहेको प्रतिक्रिया दिएका छन् । हाल उनी पोर्चुगिज क्लब पोर्तोमा आवद्ध छन् । पोर्तोले लिगमा दुई खेल खेल्न बाँकी छ । यो दुई खेल र पोर्चुगिज कपको फाइनल सकिएपछि उनले सन्यास लिने योजना सुनाए ।

क्यासिलासले रियल मड्रिडबाट लागि ७२५ खेल खेलेका छन भने पोर्टोका लागि अहिलेसम्म १५६ खेल खेलेका छन् ।