काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारी विरुद्ध मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै उनिविरुद्ध आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कमं) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
अधिकारीले नियुक्ति पाउने उद्देश्यले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिएको अख्तियारले जनाएको छ ।