६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मदिरा नष्ट



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा ठूलो मात्रामा अवैधरूपले उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ‘समुदाय–प्रहरी साझmेदारी’ कार्यक्रमअन्तर्गत त्यस्ता मदिरा बरामद गरी नष्ट गर्ने त्रममा ९०२ लिटर तयारी मदिरा र एक हजार थान कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

प्रहरीले शुक्रबार पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट १६० लिटर तयारी मदिरा कच्चा पदार्थ नियन्त्रणमा लिनाका साथै पुतलीबजार नगरपालिकाको वीरेन्द्रनगर, राङ्खोला र कुमालगाउँबाट घरेलु मदिरा तथा मदिरा बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।

यसैगरी बिहीबार वालिङ ७ केवरेबाट २७ लिटर तयारी मदिरा, बिहीबार नै फेदिखोलाबाट १५० लिटर तयारी मदिरा र गत आइतबार पनि चापाकोट नगरपालिकाका विभिन्न स्थानबाट ५६५ लिटर तयारी मदिराका साथै त्यसमा प्रयोगहुने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय समाजसेवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरेको प्रवक्ता भण्डारीले बताउनुभयो । घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।