१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार सातौं पटक बुण्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई



अ+ अ-

काठमाडौं । बार्यन म्युनिखले लगातार सातौं पटक जर्मन लिग बुण्डेस लिगाको उपाधि जितेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा फ्राङ्कर्फटलाई ५१ को फराकिलो अन्तरले हराउँदै बार्यन म्युनिखले उपाधि जितेको हो ।

उसको यो लगातार सातौं तथा समग्रमा ३० औं बुन्डेजलिगा उपाधि हो ।

२०११/१२ मा बोरुसिया डर्टमुन्डले जितेको थियो । त्यसयता लगातार उपाधि जित्दै आएको बार्यनलाई यो सिजन पनि डर्टमुण्डले नै चुनौती दियो । लिगमा १२ खेल खेल्दा ९ अंकको अग्रता लिएको थियो तर, सिजनको अन्त्यतिर उसले लय गुमायो ।

अन्तिम खेल खेल्नु अघि बार्यन दोस्रो स्थानमा रहेको डर्टमुन्ड भन्दा दुई अंकले अगाडि थियो । शनिबार भएको खेलमा डर्टमुन्डले पनि जित्यो तर, बार्यनले फराकिलो जित हात पार्दै उपाधि रक्षा गर्‍यो ।