१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका कार्यकर्ता पक्राउ



अ+ अ-

डोटी । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् ।

जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आज पुर्‍याएको छ । पक्राउ परेका थापालाई सोधपुछ र बयानपछि आवश्यक कानूनी कारवाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

पक्राउ परेका थापासँग शुरुमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगजनीका विषयमा सोधपुछ गरिने प्रहरीले जनाएको छ । उक्त कार्यालयमा ‘विप्लव’ समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा वैशाख २३ गते राति अज्ञात समूहले आगजनी गरेको थियो ।

यद्यपि सो समूहले भने अझै घटनाको जिम्मेवारी लिएको छैन । बडीकेदार गाउँपालिकामा ‘विफ्लव’ समूहको सक्रियता बढ्दो त्रममा छ ।