५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीद्धारा डिजोन पराजित, एमबाप्पेको सानदार खेल प्रदर्शन



अ+ अ-

काठमाडौं । फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा रातो कार्ड खादैं प्रतिबन्धमा परेर मैदान फर्किएका एमबाप्पेले सानदार प्रदर्शन गरेका थिए । उनले दुई गोल गरेका थिए । यता एन्जल डि मारिया र इडिन्सन काभानीले भने एक एक गोल गरे ।

पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो । काभानीले चौथो मिनेटमै दोस्रो गोल गरे ।

त्यसपछि एमबाप्पेले ३६औं र ५६औं मिनेटमा दुई गोल थपेका थिए ।

यसअघिनै लिग च्याम्पियन बनिसकेको पीएसजीले ३७ खेलबाट ९१ अंक बनाएको छ ।

डिजोन ३१ अंक सहित रेलिगेसनमा छ ।