५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : त्रिशूलीमा बस खस्दा मृत्यु हुनेहरुको संख्या सात पुग्यो (नामावली सहित)



अ+ अ-

काठमाडौं । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको खंख्या ७ जना पुगेको छ । प्रहरीका अनुसार हालसम्म एक जना महिला र छ जना पुरुषको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउने काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ ।यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन ।

झापाको काकडभिट्टाबाट काठमाडौंका आउदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।