२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : त्रिशूलीमा बस खस्दा मृत्यु हुनेहरुको संख्या सात पुग्यो (नामावली सहित)



अ+ अ-

काठमाडौं । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको खंख्या ७ जना पुगेको छ । प्रहरीका अनुसार हालसम्म एक जना महिला र छ जना पुरुषको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउने काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ ।यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन ।

झापाको काकडभिट्टाबाट काठमाडौंका आउदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।