५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तान्जानियामा बाढीका कारण पच्चीससय भन्दा बढी मानिस घरबारविहीन



अ+ अ-

नैरोबी । तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताउनुभयो ।

उहाँले बाढीले गरेको क्षति व्यापक रहेको बताउँदै विस्थापित मानिसहरु विद्यालय, गिर्जाघर र साथीभाइका घरमा आश्रय लिइरहेको जानकारी दिनुभयो ।

मोगाम्बोले आपतमा परेका मानिसका लागि खाद्यान्न र स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको पनि बताउनुभयो । बाढीले यहाँको धानखेत डुबाएको, बालीनालीमा व्यापक क्षति गरेको तथा आगामी दिनमा खाद्यान्न अभाव हुने स्थिति उत्पन्न भएको छ ।
गत वर्ष अप्रिलमा केन्याको आर्थिक राजधानी दारे–ए–सलाममा भारी वर्षासँगै आएको बाढीले कम्तीमा १४ जनाको मृत्यु भएको थियो ।