५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहालले भने- हजारौँ योद्धाको बलिदानले देश ‘समृद्ध नेपाल र सुखी नेपाली’तिर बढिरहेको छ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको परिवर्तनमा हजारौँ योद्धाको बलिदान रहेकोले देश समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षातिर अगाडि बढिरहेको बताएका छन् ।

आइतबार कमलापोखरीस्थित कुमारी चलचित्र भवनमा ‘भैरवनाथ’ वृत्तचित्रको विशेष प्रदर्शनमा पुगेका दाहालले अहिलेसम्मको राजनीतिक परिवर्तनका लागि हजारौँ, लाखौँको त्याग, बलिदान र पीडा रहेको उनले बताए ।

‘भैरवनाथ’ जिउँदो सहिदका रूपमा सम्मानित कृष्ण केसीको कथा हो । वृत्तचित्रमा केसी सशस्त्र जनयुद्धको समयमा तत्कालीन मानव वधशालाको रूपमा परिचित ‘भैरवनाथ गण’बाट पक्राउ परेदेखि हिरो हुँदासम्मको कथा समेटिएको छ ।

श्रीमान् कृष्णको सेनाले गिरफ्ता गरेपछि दुर्गा केसी ले भोगेका मानसिक, शारीरिक, प्रशासनिक र पारिवारिक पीडासमेत वृत्तचित्रले मार्मिक रूपमा उठाएको छ ।

प्रतिष्ठा कुसुक केसी र राजकुमारको अभिनय रहेको वृत्तचित्रमा दुर्गा केसीको कथा तथा निर्माणमा तयार भएको हो । पर्वतकिरण केसी कार्यकारी निर्माता रहेको वृत्तचित्रलाई सम्पादन तथा निर्देशन शिव पुरीले गरेका हुन् । अष्टमान महर्जनको द्वन्द्व रहेको वृत्तचित्रमा एलिस कार्कीको पाश्र्व सङ्गीत दिएका छन् ।