काठमाडौं । गत महिना श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृंखलावद्ध बम विष्फोटमा परि मृत्यु भएकाहरुको सम्झनामा नेपालीहरु समुदायले दीप प्रज्वलन गरेका छन् ।
विस्फोट भएको मध्ये कोलम्बोको कोच्चिकाडेमा रहेको एन्थनी चर्चमै नेपाली समुदायले आइतबार दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रमका सचिव अजय कार्कीले कठिन परिस्थितिमा श्रीलंकाका नागरिकको साथमा छौं भन्ने श्लोगनका साथ दीप प्रज्वलन गरिएको बताए ।
गत वैशाख ८ गते राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला कम्तीमा ६ स्थानमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।
कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्च र सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा गराइएको विष्फोटमा करिब ३०० जनाको मृत्यु भएको थियो ।