१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरको लापरवाहीले बिरामीको आन्द्रामा प्वाल पर्‍यो, क्षतिपूर्तिको माग गर्दै आफन्त प्रदर्शनमा



अ+ अ-

पोखरा –चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै बिरामीका आफन्तले प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुनको उपचारमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।

बाबु चाम बहादुर पुनका अनुसार पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्कको ‘निदान आयुर्वेद क्लिनिक’ मा फिस्टुलाको अप्रेसन गरेपनि व्यथा झनै बढ्ेको बताए ।

”क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले छोराको फिस्टुलाको समस्या छ अप्रेशन गर्नुपर्छ भन्नु भो हामीले अप्रेसन पनि गरेउ तर अप्रेसनपछि व्यथा झनै बढ्न थाल्यो ।”पुनले भने ”व्यथा बढ्न थालेपछि डाक्टरले ‘मनिपाल अस्पताल’मा रेफर गरे तर रोग निको भएन ।”

पुनका अनुसार मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको उनले बताए ।

उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै बिरामीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग समेत गरे ।