पोखरा –चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै बिरामीका आफन्तले प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुनको उपचारमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।
बाबु चाम बहादुर पुनका अनुसार पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्कको ‘निदान आयुर्वेद क्लिनिक’ मा फिस्टुलाको अप्रेसन गरेपनि व्यथा झनै बढ्ेको बताए ।
”क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले छोराको फिस्टुलाको समस्या छ अप्रेशन गर्नुपर्छ भन्नु भो हामीले अप्रेसन पनि गरेउ तर अप्रेसनपछि व्यथा झनै बढ्न थाल्यो ।”पुनले भने ”व्यथा बढ्न थालेपछि डाक्टरले ‘मनिपाल अस्पताल’मा रेफर गरे तर रोग निको भएन ।”
पुनका अनुसार मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको उनले बताए ।
उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै बिरामीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग समेत गरे ।