२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः सामान्य अङ्कले ओरालो लाग्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ ।

कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ मूल्यमा कारोवार भए ।

स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ । बैंकिङ ४.२२, व्यापार ८.४५, होटल १२.१९, निर्जीवन बीमा ५९.०३, लघुवित्त ८.५० र जीवन बीमा ५९.७३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेड रु २२ करोड ६८ लाख १९ हजार १४७, शिवम् सिमेन्ट रु १८ करोड ७० लाख ९० हजार ८८३, बुटवल पावर कम्पनी रु तीन करोड २९ लाख ३२ हजार ६०८, प्रभु बैंक लिमिटेड रु तीन करोड २४ लाख ७८ हजार ३५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

शिव्म सिमेन्टका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९.९०, रिलायन्स फाइनान्स ८.५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७.८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७।६९ प्रतिशतले कमाए । यस्तै विशाल बजार कम्पनी ५.७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.३९, आइएमइ जनरल इन्स्योरेन्स ५.२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२२ प्रतिशतले गुमाएका छन् ।