५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेवारिसे गोरु प्रहरी नियन्त्रणमा



अ+ अ-

बर्दिया । बढैयाताल गाउँपालिका–६ रानीपुरबाट आज भारततर्फ अवैध रुपमा भन्सार छली चोरी–पैठारी गरी ल्याएर बेवारिसे अवस्थामा छाडिएका १४ गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेवारिसे अवस्थामा छाडिएका गोरुलाई आवश्यक कारवाही गर्न गुलरिया नपा–२ स्थित कृष्णसार गौशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । लुकिछिपी ल्याइएका गोरु समय–समयमा प्रहरीले फेला पारी नियन्त्रणमा लिने गरेको छ ।