१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

अपहरणको नाटक गर्ने कलामुद्दिन आफै परे प्रहरी फन्दामा

अपहरणको नाटक गर्ने कलामुद्दिन आफै परे प्रहरी फन्दामा
अ अ+ अ-

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ (भैरहवा) का २२ वर्षीय मोहम्मद कलामुद्दिन मुसलमान वैशाख ५ गतेबाट परिवारसगँ सम्पर्कविहीन भए। उनी यस अघि पनि घरबाट निस्किएको हप्तौँ दिनसम्म घर आउँदैनथे।

यस पटक घरबाट निस्किएको एक महिना पुग्न लागेको थियो। परिवारले पनि खासै चासो राखेका थिएनन्। तर, जब परिवार सदस्यको मोबाइलमा मोहम्मद अपहरणमा परेको म्यासेज आयो तब परिवार झस्कियो ।

मोहम्मदको मोबाइलबाट उनको भाउजू नम्बरमा मोहम्मद अपहरणमा परेको भन्दै म्यासेज मार्फत फिरौती रकम माग गरियो। म्यासेजमा ‘मलाई अपहरण गरेर अध्याँरो ठाउँमा राखिएको छ, दुई लाख रुपैयाँ पठाइदिनुपर्‍यो। ’ उल्लेख थियो।

म्यासेज आएलगत्तै परिवारले प्रहरीलाई सम्पर्क गर्‍यो। परिवारसगँ सबै विवरण लिएर प्रहरीले तत्काल खोजी सुरु गर्‍यो। प्रहरीले त्यही फिरौती मागिएको मोहम्मदको नम्बरबाट अनुसन्धान सुरु गर्‍यो।

मोबाइलको ‘लोकेसन’ भैरहवास्थित सिद्धार्थ रंगशाला क्षेत्रमा देखायो। प्रहरी टोली तत्काल रंगशाला क्षेत्रमा खोजतलासका लागि मुभ भयो। त्यहाँ त्यस्तो कुनै अपहरण गतिविधि पाइएन। मोहम्मद पनि फेला परेनन्।

यता प्रहरीले खोजतलास जारी राख्यो। उता समय समयमा अन हुने मोबाइलमा प्रहरीले परिवारलाई पुनः म्यासेज पठाउन लगाउँदै रकम बार्गेनिङ गर्न लगायो। फिरौती रकम २ लाख रुपैयाँबाट ५० हजारमा झरेपछि अपहरण नभई अपहरणको नाटक रचिएको हुन सक्ने अवस्थामा पुगिएको रुपन्देहीका एसपी हृदय थापाले बताए।

‘मोहम्मद आफैले आफ्नो अपहरणको नाटक रचेको भन्ने अवस्थामा पुगिसकेका थियौँ’ रुपन्देहीका एसपी थापाले भने,‘तर, समस्यामा नै परेको हो भने उनलाई सकुशल उनको परिवारको जिम्मा लगाउनु हाम्रो कर्तव्य रहेको कारण हामी पछि हटेनौँ।’

मोबाइल कुरा गर्न नमान्ने मोहम्मदले टेक्स्ट् म्यासेजमा मात्र कुरा गर्थे। ५० हजार दिन तयार रहेको तर कहाँ, कसरी पठाउने भन्दै प्रहरीले पुनः परिवारलाई म्यासेज गर्न लगायो। उताबाट म्यासेज आयो, ुभोलि भन्छु।ु

यत्तिका दिन भैरहवा रहेका मोहम्मदको मोबाइल लोकेसन अर्को दिन पोखरा क्षेत्रमा देखायो। त्यहाँ उनले विगतमा आफ्नो परिचित व्यक्ति डण्डापाणी खनाललाई भेटे। उनकै घरमा बास बसे, खाना खाए।

उता मोहम्मदले खनालसँग रकम मगाएको तर परिचयपत्र नभएकाले उनीसगँ उनको नागरिकता नम्बर माग गरे। रुपन्देहीका डीएसपी एवं प्रवक्ता धर्मराज भण्डारीले भने, ‘यता मोबाइलमा डण्डापाणी खनालको नाममा आइएमईमार्फत् पैसा पठाइदिनु भन्दै ठेगाना र मोबाइल नम्बर म्यासेजमा पठाए।’

त्यती बेलासम्म रुपन्देही प्रहरीले कास्की प्रहरीलाई सम्पर्क गरिसकेको थियो। उताबाट पनि प्रहरी टोली तयारी अवस्थामा थियो। भैरहवाबाट डण्डापाणी खनालको नाममा ५० हजार रुपैयाँ पठाइयो। र, अपहरणको नाटक गरेर पैसा निकाल्न गएका मोहम्मद अन्ततः प्रहरी फन्दामा परे।

पक्राउ परेका मोहम्मदलाई सार्वजनिक मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। अन्नपूर्णबाट ।