१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई, कप्तान सर्फराजको उत्कृष्ट पारी



अ+ अ-

काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४–० ले जितेको हो ।

३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६.५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमद ९७ रनमा रन आउट भए । त्यस्तै बाबर अजाम पनि ८० रनमा रन आउट भए ।

इंग्ल्यान्डलाई जिताउन क्रिस वोक्सले पाँच विकेट लिए । त्यस्तै, आदिल रशिदले दुई विकेट लिए ।

यसअघि टस जिते पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोइ रुटले ८४ रन बनाए । त्यस्तै कप्तान इओइन मोर्गनले ७६ रन बनाउँदा इंग्ल्यान्डले ठूलो स्कोर बनाउन सफल भएको थियो ।

पाकिस्तानका लागि सहिन शाह अप्रिmदीले चार र इमाद वासिमले तीन विकेट लिए ।

इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो खेल भने वर्षाको कारण रद्द भएको थियो । बाँकी चार खेलमा जित हात पार्दै इंग्ल्यान्डले सिरिज जितेको हो । विश्वकपअघि भएको सिरिजमा गरेको क्लीन स्वीपले इंग्ल्यान्डको मनोबल बढेको छ ।