५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी भारतीय धाविका जसले पत्रकार सामू नै भनिन्- म समलिङ्गी हुँ



अ+ अ-

काठमाडौं । भारतकी तेज धाविका दुती चंद आफू समलैङ्गिक सम्बन्धमा रहेको खुला रूपमा बताउने पहिलो भारतीय खेलाडी भएकी छन्।

२३ वर्षीया खेलाडी चंदले आफ्नै गाउँकी एकजनासँग पाँच वर्षदेखि उक्त सम्बन्धमा रहेको बताएकी छन्।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले समलैङ्गिक यौन सम्बन्धलाई अपराध नमान्ने ऐतिहासिक फैसला गरेका कारण आफू आफ्नो यौनिकताबारे बोल्न प्रोत्साहित भएको उनले बताएकी छन्।

”मेरो गाउँ (चाका गोपालपुर) कै एकजना १९ वर्षीया युवतीसँग मेरो विगत पाँच वर्षदेखि सम्बन्ध रहेको छ”, हाल हैदराबादमा प्रशिक्षणमा रहेकी उनले पत्रकारहरूलाई बताइन्।

”मैले मेरो आत्मीय मित्र भेट्टाएकी छु। प्रेम गर्ने स्वतन्त्रताको म सधैँ पक्षधर हुँ। ”प्रेमभन्दा ठूलो कुनै भावना छैन”, उनले भनिन्।

दिदी रुष्ट

विस्तारै भारतमा व्यवहारहरू बदलिन थालेको भए पनि चंदले समाचार संस्था पिटिआइसँग कुरा गर्दै उनको परिवारका केही सदस्यले उनको निर्णय नस्वीकारेको भन्दै उनकी दिदीले उनलाई परिवारबाट निकालिदिने धम्की दिएको बताइन्।

”मेरो दिदीलाई लाग्छ कि मेरी मित्रलाई केवल मेरो सम्पत्तिमा चासो छ। ”यो सम्बन्धका कारण उनले मलाई जेल पठाइदिने भनेकी छन्”, चंदले भनिन्।

कुनै पनि विश्वव्यापि प्रतियोगिताको फाइनलमा पुग्ने चंद पहिलो भारतीय धावक हुन्। सन् २०१३ को विश्व युवा च्याम्पियनसीपमा उनी फाइनलमा पगेकी थिइन्।

सन् २०१४ मा उनलाई भारतीय एथलेटिक्स महासंघले हर्मोन परीक्षणमा विफल भएको भन्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो। उनमा अस्वाभाविक रूपमा धेरै टेस्टोस्टेरोन हर्मोन पाइएको थियो।

टेस्टोस्टेरोन भनेको पुरुषको यौन विकासको लागि जिम्मेवार मानिने हर्मोन हो।

तर पछि चंदको कानुनी टोलीले सन् २०१५ को मार्च महिनामा महासंघको उक्त निर्णय विभेदपूर्ण तथा गलत रहेको पुष्टि गराउन सफल भएको थियो।

त्यसको लगत्तै सन् २०१६ को रियो ओलिम्पिक्समा उनी छानिएकी थिइन् र सन् २०१८ मा उनले एसियाली खेलकूदमा दुईवटा रजत पदक जितेकी थिइन्।

तर आफ्नै परिवारका केही सदस्यले अझै उनको सो सम्बन्ध नस्वीकारेको उनले बताइन्। बीबीसी