२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम र गृहमन्त्रीले संसदमा महत्वपूर्ण प्रस्ताव पेश गर्ने, काँग्रेसद्धारा संसदमा प्रतिरोध गर्ने चेतावनी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले विभिन्न प्रतिवेदन र विधेयकहरु पेश गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा व्यवस्थापन कार्य अन्र्तगत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनले नै राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ प्रस्तुत गर्नेछन् ।

यता महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५, नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७४/०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ पेश गर्ने कार्यक्रम रहेको छ ।

उता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले विवादमा आएका विभिन्न विधेयकहरु संसदमा पेश गरे त्यसको शसक्त प्रतिरोध गर्ने तयारी गरेको छ । मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक र मानवअधिकार आयोग जस्ता विधेयकको आफुहरुले विरोध गर्ने काँग्रेस ससदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।