१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी कुनै पनि हालतमा पास गर्न दिदैनौँः सिपी गजुरेल



अ+ अ-

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनु भएको हो । उहाँले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताउनु भयो । 

उहाँले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताउनु भयो । नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताउनु भयो । उहाँले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।

नेता गजुरेलले भन्नुभयो, ‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भयो भने यो भन्दा पनि पश्चदमन पनि हुने हो कि । अहिले एउटा आशंका, चिन्ता मानिसहरुलाई त्यो पनि छ । अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु ब्लियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ । अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति शतर्क र तयार रहनु आवश्यक छ । त्यो बिस्फोट हुनसक्ने सम्भावना छ । हामी क्रान्तिकारीको हैसियतले त्यसमा हस्तक्षेप गर्नुपर्ने हाम्रो कर्तव्य हो । त्योबाट हामी पछि हट्न सक्दैनौँ । यो जुन एउटा ध्रुविकरण भएको छ,जनआक्रोश छ, जनअसन्तोष छ । 

यो बिस्फोट भयो भने त्यसलाई क्रान्तिमा बदल्नलाई, क्रान्तिकारी आन्दोलनमा अघि बढ्नका लागि हरेक प्रकारका सम्भावनालाई प्रयोग गर्न जरुरी छ । अब हामी प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल ? अब सबैलाई एउटा रेखा कोरिदिने भयो । किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन । म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन । तर सच्चा देशभक्त हो कि होइन अब टेस्ट हुँदैछ । कुन सुन, कुन पित्तल भन्ने कुराको कसी लाग्दैछ, ठूलो रेखा कोरिँदैछ । त्यसकारण ध्रुविकरण हुँदैछ । 

अब हरेक नागरिकले कुन किस्तामा उभिने भनेर आफ्नो परिचय दिनुपर्छ । यो अहिलेको आवश्यक्ता हो । त्यसकारण यो स्थिती अहिले राजनीतिमा अस्थिरता ल्याएको छ । एमसीसी देशको लागि एउटा ध्रुवीकरण हो । यो चाहेर आएको होइन । एमसीसीले ध्रुविकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ । आँखा चिम्लिएर नभइ तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो । यसलाई पास गर्न हामी दिँदैनौँ ।’  

नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताउनु भयो । उहाँले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने बताउनु भयो ।