२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन कम्पनी एसवाई र गोर्खा इको प्यानलवीच समझदारीपत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । कोरियन कम्पनी एसवाई नेपाल प्रालि र गोर्खा इको प्यानलवीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई नेपाल प्रालिका प्रबन्ध निर्देशक सोल उङ्ग लीले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीवीचको उत्पादनहरु एक अर्काले देशैभरि प्रबद्र्धन गर्न एमओयू भएको हो । गोर्खा इको प्यानलको प्रयोग गरी बनाउने घरहरुमा एसवाई नेपाल प्रालिद्धारा उत्पादित इपीएस प्यानलका छानाहरु प्रयोग गर्न प्रबद्र्धन गर्ने र एसवाई नेपाल प्रालिबाट उत्पादित इपीस प्यानलका छानाहरु प्रयोग गरी बनाउने घरमा गोर्खा इको प्यानल तथा गोर्खा प्रिकाष्टका उत्पादनहरु (पानी सोस्ने पेभर, फिनिसिंग वाल) प्रयोग तथा प्रबद्र्धन गर्न प्रवद्र्धन गर्ने सहमति भएको हो । साथै प्राविधिक ज्ञान आदानप्रदान गर्ने सहमति पनि भएको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । गोर्खा इको प्यानल वातावरणमैत्री र उर्जा किफायती निर्माण सामाग्री उत्पादन गर्दै आएको नेपालको नेतृत्वदायी कम्पनी हो ।


एसवाई नेपाल प्रालि कोरियन प्रविधिमा आधारित ईपीएस स्यान्डवीच रुफिंग प्यानल (छाना) उत्पादन गर्ने कम्पनी हो ।

यो एसियाकै नम्वर एक कम्पनी रहेको बताइन्छ । यसका उत्पादनहरु कोरियालगायतका भियटनाम, इन्डोनेशिया, चीन, कम्वोडिया र नेपालमा विक्रीवितरण हुने जनाइएको छ ।

एसवाई प्यानल ४० मिलिमिटर मोटाइको थर्माेकोलमा दुईतिरमध्ये बाहिरी भागमा हेरिटेज प्रोफाइलको जस्तापाता र भित्री भागमा सादा (प्लेन) जस्तापाता भएको हुन्छ । कम्पनीका प्रबन्ध निर्देशक लीका अनुसार यो हेर्दा आकर्षक, ताप प्रतिरोधी र कम घनत्वको हन्छ । उनका अनुसार यसको न्युनतम टिकाई तीस पैतीस वर्ष हुने गर्दछ ।