५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन कम्पनी एसवाई र गोर्खा इको प्यानलवीच समझदारीपत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । कोरियन कम्पनी एसवाई नेपाल प्रालि र गोर्खा इको प्यानलवीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई नेपाल प्रालिका प्रबन्ध निर्देशक सोल उङ्ग लीले हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीवीचको उत्पादनहरु एक अर्काले देशैभरि प्रबद्र्धन गर्न एमओयू भएको हो । गोर्खा इको प्यानलको प्रयोग गरी बनाउने घरहरुमा एसवाई नेपाल प्रालिद्धारा उत्पादित इपीएस प्यानलका छानाहरु प्रयोग गर्न प्रबद्र्धन गर्ने र एसवाई नेपाल प्रालिबाट उत्पादित इपीस प्यानलका छानाहरु प्रयोग गरी बनाउने घरमा गोर्खा इको प्यानल तथा गोर्खा प्रिकाष्टका उत्पादनहरु (पानी सोस्ने पेभर, फिनिसिंग वाल) प्रयोग तथा प्रबद्र्धन गर्न प्रवद्र्धन गर्ने सहमति भएको हो । साथै प्राविधिक ज्ञान आदानप्रदान गर्ने सहमति पनि भएको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पमा प्रयोग हुने निर्माण सामाग्री हो । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । गोर्खा इको प्यानल वातावरणमैत्री र उर्जा किफायती निर्माण सामाग्री उत्पादन गर्दै आएको नेपालको नेतृत्वदायी कम्पनी हो ।


एसवाई नेपाल प्रालि कोरियन प्रविधिमा आधारित ईपीएस स्यान्डवीच रुफिंग प्यानल (छाना) उत्पादन गर्ने कम्पनी हो ।

यो एसियाकै नम्वर एक कम्पनी रहेको बताइन्छ । यसका उत्पादनहरु कोरियालगायतका भियटनाम, इन्डोनेशिया, चीन, कम्वोडिया र नेपालमा विक्रीवितरण हुने जनाइएको छ ।

एसवाई प्यानल ४० मिलिमिटर मोटाइको थर्माेकोलमा दुईतिरमध्ये बाहिरी भागमा हेरिटेज प्रोफाइलको जस्तापाता र भित्री भागमा सादा (प्लेन) जस्तापाता भएको हुन्छ । कम्पनीका प्रबन्ध निर्देशक लीका अनुसार यो हेर्दा आकर्षक, ताप प्रतिरोधी र कम घनत्वको हन्छ । उनका अनुसार यसको न्युनतम टिकाई तीस पैतीस वर्ष हुने गर्दछ ।