५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन बुट : मेस्सीलाई जित्न एमबाप्पेले एक खेलमा ५ गोल गर्नुपर्ने



अ+ अ-

काठमाडौं । बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सी यस सिजन ला लिगाका सर्वाधिक गोलकर्ता बनेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने ।

उनले ३६ गोल गर्दा १३ एसिष्ट गर्दै छैटौ पटक पीचीची अवार्ड हात पारेका छन् । मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् ।

लिग प्रतियोगिता समाप्त भइसक्दा मेस्सीले लिगमा ३६ गोल गरे । गत सिजन ३४ गोल गरेर मेस्सीले स्पेनको पीचीची अवार्डसँगै युरोपियन गोल्डेन बुट पुरस्कार समेत पाएका थिए। तर यसपटक उनी अझै गोल्डेन बुट प्रतिस्पर्धामा छन्।

मेस्सीलाई लिग वान क्लब पिएसजीका फ्रान्सेली स्टार केलिएन एमबाप्पेले गोल्डेन बुट प्रतिस्पर्धामा पछ्याइरहेका छन्।

एमबाप्पेले अब एकमात्र खेल खेल्न बाँकी रहँदा उनको लिगमा ३२ गोल पुगेको छ। अर्थात् एमबाप्पे मेस्सीभन्दा ४ गोलले पछि छन्।

यदी एमबाप्पेले अन्तिम खेलमा ४ गोलको संख्यालाई पछि पार्न नसके मेस्सीले छैठौं युरोपियन गोल्डेन बुटको उपाधि हात पार्नेछन्।

मेस्सी किर्तिमानी पाँच पटकका गोल्डेन बुट विजेता हुन्। एमबाप्पे लिग वानको अन्तिम खेलमा आगामी शनिबार स्टेड रेम्सविरुद्ध मैदान उत्रँनेछन्।