१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन बुट : मेस्सीलाई जित्न एमबाप्पेले एक खेलमा ५ गोल गर्नुपर्ने



अ+ अ-

काठमाडौं । बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सी यस सिजन ला लिगाका सर्वाधिक गोलकर्ता बनेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने ।

उनले ३६ गोल गर्दा १३ एसिष्ट गर्दै छैटौ पटक पीचीची अवार्ड हात पारेका छन् । मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन् ।

लिग प्रतियोगिता समाप्त भइसक्दा मेस्सीले लिगमा ३६ गोल गरे । गत सिजन ३४ गोल गरेर मेस्सीले स्पेनको पीचीची अवार्डसँगै युरोपियन गोल्डेन बुट पुरस्कार समेत पाएका थिए। तर यसपटक उनी अझै गोल्डेन बुट प्रतिस्पर्धामा छन्।

मेस्सीलाई लिग वान क्लब पिएसजीका फ्रान्सेली स्टार केलिएन एमबाप्पेले गोल्डेन बुट प्रतिस्पर्धामा पछ्याइरहेका छन्।

एमबाप्पेले अब एकमात्र खेल खेल्न बाँकी रहँदा उनको लिगमा ३२ गोल पुगेको छ। अर्थात् एमबाप्पे मेस्सीभन्दा ४ गोलले पछि छन्।

यदी एमबाप्पेले अन्तिम खेलमा ४ गोलको संख्यालाई पछि पार्न नसके मेस्सीले छैठौं युरोपियन गोल्डेन बुटको उपाधि हात पार्नेछन्।

मेस्सी किर्तिमानी पाँच पटकका गोल्डेन बुट विजेता हुन्। एमबाप्पे लिग वानको अन्तिम खेलमा आगामी शनिबार स्टेड रेम्सविरुद्ध मैदान उत्रँनेछन्।