२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाए : अध्यक्ष बिजुक्छें



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्डले ५०औं विवाह उत्सव पप्पु कन्सट्रक्सनको पैसाले मनाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै बिजुक्छेंले पप्पुको पैसाले तारे होटलबाट मगाएका भोज खुवाएसँगै प्रचण्ड भ्रष्टचारीको नायक भएको आरोप लगाएका हुन् ।

उनले बालुवाटार र शीतल निवासको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ आरोप समेत लगाए । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए ।

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे बताए । उनले वर्तमान सरकार नामको मात्र कम्युनिसट सरकार भएको भन्दै सरकारको आचरणलाई नियाल्दा कम्युनिस्ट भन्न नसकिने बताए ।