१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टीम : विराजको कप्तानमा टोलीको घोषण, भरत र विमल परेनन्



अ+ अ-

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

नेपालले जुन २ तारिखमा मलेसियासँग उसैको भूमिमा खेल्दैछ भने जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्दैछ ।