५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोही भोकै नसुतुन्’ भन्दै निःशुल्क रात्रिकालीन भोजन



अ+ अ-

भद्रपुर । पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो ।

उहाँले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताउनुभयो । “हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो”, कोषाध्यक्ष जोशीले भन्नुभयो, “सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।”

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा रु एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।

अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भन्नुभयो, “ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धाम जाने यात्रु यहीँ आएर बास बन्नुहुन्छ । उहाँहरुका लागि भोजन र आवास दुवैको व्यवस्था छ ।”

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार धाम परिसरमै अतिथिगृहको समेत निर्माण भइरहेको छ