२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोही भोकै नसुतुन्’ भन्दै निःशुल्क रात्रिकालीन भोजन



अ+ अ-

भद्रपुर । पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो ।

उहाँले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताउनुभयो । “हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो”, कोषाध्यक्ष जोशीले भन्नुभयो, “सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।”

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा रु एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।

अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भन्नुभयो, “ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धाम जाने यात्रु यहीँ आएर बास बन्नुहुन्छ । उहाँहरुका लागि भोजन र आवास दुवैको व्यवस्था छ ।”

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार धाम परिसरमै अतिथिगृहको समेत निर्माण भइरहेको छ