९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग

भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग
अ अ+ अ-

धनुषा। भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले रु ४१ लाख सहयोग गरेको छ।

नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को घडीमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग संकलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिए।

नगरपालिकाका अनुसार नगर प्रमुखबाट रु ५१ हजार १५१, नगर उपप्रमुखबाट रु १२ हजार तथा जनप्रतिनिधिबाट रु तीन लाख ३३ हजार १६५ सहयोग गरिएको छ ।

त्यस्तै स्थानीय तह विपद् व्यवस्थापन कोषबाट रु ११ लाख उपलब्ध गराइएको छ ।

जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार

यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न व्यवसायी, सङ्घसंस्था, शैक्षिक संस्था तथा स्थानीय समुदायले रु १५ लाख ५५ हजार ७३२ आर्थिक सहयोग गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले बाढीपीडितका लागि रु आठ लाख ५१ हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी, नेपाल औषधि व्यवसायी सङ्घ धनुषाले रु चार लाख १११, जनकपुरधाम–६ का मस्जिद तथा मदर्सा कमिटीका पदाधिकारी, सदस्य तथा मुस्लिम युवाले रु एक  लाख ९३ हजार ५१० र जानकी बोर्डिङ स्कुलले रु एक लाख ११ हजार १११  सहयोग गरेको छ ।

जनकपुरधाममा प्रभावित परिवारका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्साका सामान सङ्कलन भएको  छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहका अनुसार विभिन्न व्यवसायी तथा सङ्घसंस्थाले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।