२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा होमस्टे सञ्चालन हुने



अ+ अ-

जाजरकोट । हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ ।

नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे सञ्चालनका लागि केन्द्र सरकार र कर्णाली प्रदेश सरकारको योजनाबमोजिम डिभिजन वन कार्यालय डोल्पाले कार्य शुरु गरेको छ ।

प्रचुर पर्यटकीयस्थलको खानी भए पनि हालसम्म एउटा पनि घरबास सञ्चालन हुन नसकेको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ कोटबगरमा र त्रिपुराकोट–१, छार्का ताङ्सोङ गाउँपालिकाको कागकोटमा यो वर्षबाट होमस्टे सञ्चालन गर्न केन्द्र सरकार र कर्णाली प्रदेश सरकारले पहल गरेको डिभिजन वन कार्यालय डोल्पाका कामु डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

यी ठाउँ त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी नगरपालिका–१ डोल्पा, छार्का ताङसोङ गाउँपालिकाको कागकोट होमस्टे र त्रिपुरासुन्दरी बगर होमस्टे त्रिपुरासुन्दरी–१ बगरमा यो वर्ष पर्यटकहरुबाट समुदायमा समानरूपले आयआर्जन तथा आम्दानी होस् र स्थानीयवासीको जीवनस्तर उठ्न सकोस् भन्ने हेतुले होमस्टे सञ्चालन हुन लागेको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ । त्रिपुराकोट होमस्टे त्रिपुरासुन्दरी नपा–१ डोल्पाका लागि रु ३० लाख, कागकोट होमस्टे विकासका लागि रु ३५ लाख र त्रिपुरासुन्दरी– १ बगर होमस्टेका लागि रु २५ लाख बजेट केन्द्रीय सरकार र कर्णाली प्रदेश सरकारले विनियोजन गरेको छ ।

यो बजेटबाट यी स्थानमा होमस्टेका भौतिक तथा अन्य आवश्यक तयारीका काम हुने पूर्व शान्तिमन्त्री तथा सांसद सत्य पहाडीले बताउनुभयो । यी ठाउँमा सञ्चालन हुने होमस्टे निर्माणका लागि डिभिजन वन कार्यालय डोल्पाले आइतबार प्रस्ताव मागेको छ । त्रिपुराकोट बगर, त्रिपुराकोट–१ र कागकोटका स्थानीयवासीले प्रस्ताव पेश गर्न सक्ने भनिएको छ ।

प्रस्ताव पेश गर्दा व्यक्तिभन्दा समूह तथा समितिलाई प्राथमिकता दिइने बताइएको छ । केही वर्षअघि नेपालकै गहिरो फोक्सुण्डो ताल छेउमा रहेको रिग्म गाउँमा होमस्टे सञ्चालन गर्ने भनेर तारा गाउँपालिकाले चर्चा चलाएको थियो । केही समय प्रयास पनि गरेको हो, तर पछि आएर कुनै काम भएन र हालसम्म पनि उक्त गाउँमा होमस्टे सञ्चालन हुननसकेको शेफोक्सुण्डो गाउँपालिका–८ रिग्मका वडाध्यक्ष निमा गुरुङले बताउनुभयो ।

डोल्पा धेरै पर्यटकीय सम्भावना बोकेको जिल्ला तथा स्थान भए पनि समुदाय सबैलाई फाइदा हुने बताउने गरिएको पर्यटकीय व्यवसाय होमस्टे सञ्चालनमा आउन सकेको छैन । यो वर्षमा भने सरकारीस्तरबाट बजेट परेकाले होमस्टे पूर्वाधारका काम हुने आशा पलाएको जनाइएको छ ।