२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न दिएनः  वरिष्ठ उपाध्यक्ष पोखरेल



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाउनु भएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताउनु भयो । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताउनु भयो । 

वरिष्ठ नेता पोखरेलले भन्नु भयो, ‘एउटै मात्रै म दृष्टान्त दिन्छु–एसिड आक्रमण गर्नेहरुमाथि सजाय गर्नुपर्छ भनेर त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं । अनि यो गठबन्धनकारीहरुले के ग¥योभन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएन । जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरुको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो । यो त एउटा दृष्टान्त मात्रै हो । यस्ता धेरै कुरा छन नि । त्यसकारणले मैले यहाँहरुलाई के भन्न चाहुन्छु भने–अनेरास्ववियूले यो काम गरिरहँदा मेरो हार्दिक आग्रह छ–यसलाई सामाजिक, राजनीतिक अभियानको रुपमा अघि बढाउनु पर्छ । त्यसका लागि सरकारलाई दवाव दिन सक्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।