२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै बैठकमा देउवा छानिए, पौडेल पक्षका सभापति को ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको मुख्य नेतृत्वका लागि रस्साकस्सी बढ्दो छ । महाधिवेशनको उद्घाटन हुन अब एक दिन मात्र बाँकी रहेकाले पनि यो रस्साकस्सी झन् बढ्दै गएको हो । 

यस प्रयोजनका लागि आज बिहान बुढानिलकण्ठमा सभापति देउवा पक्षको अर्थात् संस्थापन पक्षको बैठक बस्यो । आज नै एकै बैठकमा अबको सभापतिमा शेरबहादुर देउवालाई नै उठाउने निर्णय सो बैठकले गर्यो । संस्थापन पक्षबाट देउवा नै पार्टी सभापति उठाउने निष्कर्षमा आजको बैठकका सहभागीहरु पुगिहाले । 

उता दौडधुपमा संस्थापन इतर समूहका नेताहरु बढी देखिएका छन् तर पनि उनीहरुले अझैसम्म पनि उम्मेदबार छान्न भने सकेका छैनन् । उनीहरु एकै दिन पनि अलग अलग भेन्यू फेरेर कतै लञ्च त कतै डिनर मिटिङ गरिरहेको धेरै दिन भयो । आज पनि उनीहरुले बिहान र बेलुका गरी दुई अलग अलग बैठक अलग्गै स्थानमा गरे । तर उनीहरु एकमात्र उम्मेदबार छान्न सकेका छैनन् । 

आजमात्र होइन झण्डै वर्षदिनदेखि नै संस्थापन इतर समूहबाट एकजना मात्र उम्मेदबार हुन्छ भनेर प्रचार गरेका नेताहरु अहिले भने बिरालाको घाँटीमा कस्ले घण्टी झुण्डाउने भन्ने त्रासमा देखिए । उनीहरु यति सजिलै एकजना मात्र उम्मेदबार छान्न सक्लान जस्तो पनि छैन । छानिहालेछन् भने पनि त्यसभित्र सबैले त्यही उम्मेदबारलाई मत हाल्छन् भन्ने पनि कुनै ग्यारेन्टी छैन । किनभने यो उम्मेदबार छान्न उनीहरु एक अर्कामा प्रस्तुत भएका हिसाबले सबै मिलेर एकै ठाउँमा भोट हाल्न सक्ने अवस्था देखिँदैन ।

यसरी न अलग अलग्गै उठ्ने निर्णय गर्ने र नत एउटै साझा उम्मेदबार नै छान्न सक्ने अवस्था देखिएपछि अहिले पौडेल र कोइराला भनिएको समूहका नेता तथा कार्यकर्ताहरु अन्योलमा परेका छन् ।

उता देउवा समूहले एकै बैठकमा उम्मेदबार छाने र आफ्ना प्रतिबद्धताहरु पनि कार्यकर्तामाझ लगिसके । तर यता पौडेल कोइराला समूहमा भने अझैसम्म पनि न सभापतिको उम्मेदबार छान्न सकेका छन् र नत आगामी कार्यकालका प्रतिबद्धताहरु ती उम्मेदबारले सार्वजनिक गर्न सकेका छन् । यसरी उम्मेदबार छान्न नै यो समस्या भएपछि पौडेल कोइराला भनिएको सो समूहले आगामी दिनमा काम नै कसरी गर्न सक्ला भन्ने दुविधा उनीहरुकै पक्षका महाधिवेशन प्रतिनिधिहरुमा देखिएको छ ।