२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्कियो संदीपको भाग्य, कतिमा किन्यो बार्बाडोसले ?



अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०)का लागि अनुबन्धित भएका छन् । सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका हुन् ।

प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो । सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (नेपाली करिब ७७ लाख ७० हजार)मा किनेको हो।

सिपिएल टि-२० को यसअघिको सिजन किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट उनले करिब ५ हजार डलरमा खेलेका थिए । सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन्। आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।