१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्कियो संदीपको भाग्य, कतिमा किन्यो बार्बाडोसले ?



अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि-२०)का लागि अनुबन्धित भएका छन् । सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका हुन् ।

प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो । सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (नेपाली करिब ७७ लाख ७० हजार)मा किनेको हो।

सिपिएल टि-२० को यसअघिको सिजन किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट उनले करिब ५ हजार डलरमा खेलेका थिए । सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन्। आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।