२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

नतिजा अघि नै ओलीको मोदीलाई बधाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा चुनावको नतिजा सार्वजनिक हुनु पूर्व नै भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज (बिहिबार) सामाजिक संजाल टुइटरमा एक पोष्ट गर्दे बधाई दिएका हुन् ।

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

अहिले मोदी ३ लाख ४७ हजार ९ सय सात मत प्राप्त गरेका छन् भने समाजवादी पार्टीका शलिनी यादव १ लाख ६ हजार मतले पच्छाइरहेका छन् । यता राष्ट्रिय काँग्रेसका अजय राय ७० हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । आजतकका अनुसार, सत्तारुढ गठबन्धन एनडीए ३१० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका १११ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

मतगणना हुनु पूर्व नै मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक/सी भोटरका अनुसार भाजपाले ३ सय , काँग्रेस गठबन्धनले करिब १ सय २० स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।