२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्छन्- ‘म नरेन्द्र मोदी जीसँग मिलेर काम गर्न तत्पर छु’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।


२०७२ सालको भूकम्पको चपेटमा परेको बेला भारतले लगाएको नाकाबन्दीमा छिमेकीसँग नझुक्ने राष्ट्रवादी नेताको पहिचहान बनाएका ओलीले आज सामाजिक संजालमा एक टुइट गर्दै आफू मिलेर काम गर्ने बताएका हुन् ।

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर काम गर्न तत्पर छु ।’

अहिलेसम्म मोदी ३ लाख ४७ हजार ९ सय सात मत प्राप्त गरेका छन् भने समाजवादी पार्टीका शलिनी यादव १ लाख ६ हजार मतले पछ्याइरहेका छन् । यता राष्ट्रिय काँग्रेसका अजय राय ७० हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेस नराम्ररी पछारिएकाे छ । उसले मात्रै ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो । यसपटक उसले ३ सयकाे हाराहारीमा सिट प्राप्त गर्न सक्ने बताइएकाे छ ।


उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।

हालसम्मको नतिजा हेर्दा प्रधानमन्त्री मोदी पुनः शक्तिमा आउने देखिएको छ ।