१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दूतावासद्वारा लोकतन्त्र शिखर सम्मेलनसम्बन्धी कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज एक कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २३-२४ मा आयोजना हुने उक्त शिखर सम्मेलन एक विश्वव्यापी भर्चुअल सम्मेलन हो जसले लोकतान्त्रिक नवीनीकरणका लागि स्वीकारात्मक एजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याउने छ । 

उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, युएसएआइडीका नियोग प्रमुख सेपिडे केभानशाड, नेपाली नेतृत्वकर्ता, अधिकारकर्मी, नागरिक समाजका सदस्य र युवा अभियन्ताहरूले सामाजिक, राजनीतिक र आर्थिक समावेशीकरणका साथै लोकतान्त्रिक मुलुकहरूका अवसर र चुनौतीबारे चर्चा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बेरीले हालैका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिमाथि प्रकाश पार्दै भन्नुभयो, “नेपाल धेरै अर्थमा यस क्षेत्र र विश्वकै निम्ति एउटा नमुनाको रूपमा रहेको छ । विगतको १५ वर्षभित्र नेपाल हिंसात्मक माओवादी द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन र नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र सङ्घीय व्यवस्थाको रूपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेको छ ।“  राजदूत बेरीले संयुक्त राज्य अमेरिकाको लोकतन्त्रको शक्तिको परीक्षण र पुनः पुष्टि गरेका ऐतिहासिक र हालसालका घटनाहरूका बारेमा पनि चर्चा गर्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवअधिकार दिवस पहिलो लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेर मनाउनु हुनेछ । यो शिखर सम्मेलन लोकतान्त्रिक देशहरूका यी तीन स्तम्भ र साझा मूल्यहरूमा केन्द्रित हुनेछ जसमा भ्रष्टाचारविरुद्ध लडाइँ, अधिनायकवादको प्रतिकार र मानव अधिकारको प्रवर्द्धन । राष्ट्रपति बाइडेनको निमन्त्रणामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

यस शिखर सम्मेलन लोकतन्त्रको उत्थानशीलता र चुनौतीहरूलाई सम्बोधन गर्न सन् २०२२ भरि हुने कार्यक्रमहरूको शृङ्खलाको एक हिस्सा हुनेछ ।