• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

अनुहार हेरेर हैन यसरी थाहा हुन्छ पुरुषहरुको बुद्धिमानी, हेर्नुहोस्



काठमाडौं । पुरुषको चौडा निधारले उनीहरुको बुद्धिमानी दर्शाउने भनिए पनि एक अध्ययनले अर्कै नतिजा ल्याएको छ । अमेरिकाको मिसौरीका मनोविज्ञानका प्राध्यापक तथा अनुसन्धानकर्ता डा. एकाराकुडी एलियासको ४० वर्षको अनुसन्धानले नयाँ तथ्य पत्ता लागेको हो । डा. एलियासका अनुसार अनुहार होइन पुरुषको छातीका रौंले उनीहरुको बुद्धिमत्ताको संकेत गर्छ । एलियासले आफ्नो अनुसन्धानमा छातीमा धेरै रौं हुने पुरुषहरु बढी बुद्धिमान भएको पाइएको तथ्य सार्वजनिक गरेका छन् ।

पुरुषको छातीका रौं र तिनीहरुले उनीहरुको बद्धिमत्तामा पार्ने प्रभावबारे अनुसन्धान गर्न डा. एलियासले ४० वर्षभन्दा बढी समय खर्च गरेका थिए । सामान्यतथया डाक्टरहरुलाई समाजमा निकै सम्मानका दृष्टिले हेरिन्छ। बुद्धिमान मानिसहरु मात्रै डाक्टर बन्न सक्ने मान्यता छ । डा. एलियासले अमेरिकाका केही अस्पतालहरुमा डाक्टरी पढ्दै गरेका विद्यार्थीहरुबीच सर्वेक्षण गर्दा पनि तिनीहरुमध्ये ४५ प्रतिशतको छातीमा बाक्लो रौं भएको भेटाए । जबकि सामान्य मानिसहरुमध्ये १० प्रतिशतको मात्र छातीमा बाक्लो रौं हुन्छ।

डाक्टर एलियासले इन्जिनियरिङका विद्यार्थीहरुबीचमा पनि यस्तै सर्वेक्षण गरेका थिए । त्यहाँ पनि बाक्लो रौं भएकाहरु उत्कृष्ट विद्यार्थी देखिएका छन् । डा. एलियासले ग्लोबल सोसाइटी मेन्साका १ सय १७ पुरुषहरुमा पनि सर्वेक्षण गरे। यहाँ १४० वा सोभन्दा बढी आइक्यू भएकाले मात्र प्रवेश पाउँछन् । त्यहाँ पनि छातीमा बाक्लो रौं भएकाहरु अत्याधिक भएको पाइएको छ।